राती सुतेको बेला आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ मंसिर १० गते १:४८

झापा। शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। राति ९ बजेको समयमा उक्त आगलागी भएको हो। खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ।
प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार, मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनाल रहेका छन्। आगलागी के कारणले भएको हो भन्ने पुष्टी भएको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।
२०७५ मंसिर १० गते १:४८ मा प्रकाशित