सिसी टिभी क्यामरा सञ्चालनमा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते ८:४७

विदुर,। नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् ।

विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । अपराध नियन्त्रण र कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारका सडक र चोकमा क्यामरा राखिएको छ । विसं २०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्चालनमा ल्याइएको र केही समयदेखि खराबी देखिएकाले सञ्चालन भएको थिएन ।

कुँवर भन्छन् “हामीसँग अहिले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाइरहेका छौँ र बाँकी २० वटा आजदेखि सञ्चालनमा आएको छ । हरेक घटनाहरुको निगरानी गर्न हाम्रा प्रहरीहरुले चोकचोक र विभिन्न ठाउँमा ड्युटी गरिरहेका छन् । ”

२०७५ मंसिर १० गते ८:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर