नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थिगित

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते १२:५८

काठमाडौं। नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठक मङ्गलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

२०७५ मंसिर १० गते १२:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर