नेपाली चलचित्र ‘प्रेम गीत-२’ युट्युबमा राखेको एक दिनमा नै ट्रेन्डिङ ३ मा (चलचित्रसहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते १३:२७

काठमाडौं । गत वर्ष २०७४ को सुपरहिट नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको १ बर्षपछि आइतबार ‘प्रेम गीत–२’ युट्युब च्यानल हाइलाइट्स मुभीजले चलचित्र युट्युबमा अपलोड गरेको हो ।

सुपरस्टार प्रदीप खड्का र अस्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत–२’ सन्तोष सेनले निर्माण गरेको चलचित्र हो । युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकहरूले निकै राम्रो प्रतिकृया दिइरहेका छन् भने रिलिज गरेको एक दिनमा नै ट्रेन्डिङ ३ मा आइसकेको छ भने भियुजहरु बढ्ने क्रममा छ ।

‘प्रेम गीत–२’ जर्नी लभ स्टोरी बोकेको चलचित्र हो । कैलाश कटुवाल,कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन्।

२०७५ मंसिर १० गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर