निर्मलाका बुबालाई बाबुराम भट्टराईले गरे १ लाख सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते १३:५०

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तको बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका आमाबुवा भेट्न र पार्टीका सदस्यले छोरीको जन्मदिनको खर्च काटेर पठाएको १ लाख रूपैयाँ निर्मलाका आमाबुवालाई दिन उनी शिक्षण अस्पताल पुगेका हुन्।

उनले सो रकम हस्तान्तरण सुरक्षा दिने नाममा प्रमाण नष्ट गर्नेहरुलाई कडा कारवाही गरिनु पर्ने माग गरेका छन् । छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको हो।

छोरीको न्यायका लागि धर्नामा बसेका यज्ञराज बर्बराउने, चिच्याउने जस्ता अस्वभाविक कार्य गर्नुका साथै डिप्रेसनमा पनि परेपछि बेहोस हुने सुई लगाएर काठमाडौं ल्याइएको हो।

उनको उपचारमा संलग्न चिकित्सकले तनावको असर देखिएको बताएका छन्।

२०७५ मंसिर १० गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर