निर्मलाकी आमाले खोलिन् नयाँ रहस्य, फेरि अर्को ठूलो घटना हुन सक्ने संकेत (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते ५:१९

काठमाडौं । छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइयो।

पीडितलाई भेट्न आएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पीडितको न्यायका लागि आफू सक्दो सहयोग गर्ने बताएका छन्। डा.भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन्।

बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन्।

कञ्चनपुरकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ।

भीडभाड हुने भएकाले उनलाई आइसियूमा राखिएको उपचारमा संग्लग्न चिकित्सकले बताएका छन्।

हेर्नुहोस् निर्मलाकी आमासंग गरिएको कुराकानी

२०७५ मंसिर ११ गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर