बाँकेको नरैनापुरमा सप्ताहव्यापी एकीकृत घुम्ती शिविर शुरु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते ५:४८

प्रतिनिधिमुलक तस्बीर

नेपालगञ्ज । बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो।

नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपूर्वामा सञ्चालन गरिएको सो घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, जग्गा नापी, नागरिकता वितरण र मतदाता नामावली सङ्कलनसम्बन्धी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। सोमबार ६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।

घुम्ती शिविरसँगै गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीको काम गर्ने प्रवृत्तिमा कुनै सुधार नआएको गुनासो गरेका थिए। सो अवसरमा प्रजिअ भुजेलले सबै सरकारी कार्यालयको काममा सुधार ल्याउने प्रतिबद्धता जनाएका थिए।

२०७५ मंसिर ११ गते ५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर