सरकारसँग जलविद्युत विकासका लागि तत्काल नीतिगत सुधार गर्न माग

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते १३:३६

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत विकासका लागि तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले समग्र जलविद्युत विकासका लागि तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका हुन्।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यमान विद्युत नीतिले मुलुकलाई गम्भिर संकटमा फसाउने चेतावनी पनि दिए। उनले वर्षौसम्म लाईसेन्स ‘होल्ड’ गरेर बस्ने तर कामै नगर्ने विद्युत आयोजना निर्माणसम्बन्धि कम्पनीलाई कार्वाहीको दायरामा ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिका अर्का सदस्य एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको मूल आधारको रुपमा रहेको जलविद्युत क्षेत्रको विकासका लागि माग दर्शननै निर्माण गरेर अघि बढन सरकारको गम्भिर ध्यानाकर्षण गराए। विद्यमान नीति अन्तरगत मुलुक अघि बढे जलस्रोत क्षेत्रको विकास नहुने उनको भनाई थियो।

समितिका सदस्य घनश्याम भुसालले दलाल पूँजीवादी चलखेलका कारण मुलुकको जलविद्युत क्षेत्रको विकास हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उनले राष्ट्रिय आवश्यक्तालाई हेरेर मात्रै जलविद्युतको लाईसेन्स वितरण गर्न पनि सरकारलाई सचेत गराए।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जलविद्युत क्षेत्रको लगानी र त्यसका प्रभावका बारेमा जानकारी गराए।

२०७५ मंसिर ११ गते १३:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर