‘भ्रष्टाचार रोक्न जनप्रतिनिधिको प्रमुख भूमिका हुन्छ’ : मुख्यमन्त्री भट्ट

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १२ गते ८:४६

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचार रोक्न जनप्रतिनिधिहरुको प्रमुख भुमिका रहेको बताएका छन्।

मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न डोटीको बुडर पुगेका मूख्यमन्त्री भट्टले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले देश संघियतामा गएको छ। स्थानीय तहको संरचना नयाँ अभ्यास भएका कारणले पनि जनप्रतिनिधिहरु सुशासन, जवाफदेहीता र पारदर्शिता कायम गर्न चनाखो भयर काम काज गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘नयाँ अभ्यासका साथै नेपालमा प्रशासनिक संक्रमण चलिरहेको अवस्थामा प्रशासनिक नेतृत्वको कर्मचारी माथि निगरानी गर्नु पर्छ, सेवा पवाहमा चुस्त दुस्त ल्याउनु पर्छ।” कर्मचारीतर्फ संकेत गर्दै भट्टले कानून भित्रका साना साना कुराले राजनैतिक नेतृत्वले सोचे अनुसार काम नभैरहेको समेत उनले बताए।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशन डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवन बुडरमा सुरु भएको छ। अधिबेशन भोलीसम्म चल्ने गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक दुर्गा ओझाले बताएका छन्।

कार्यक्रममा प्रदेश नम्बर ७ भित्र रहेका सबै गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको छ। सुदूरपश्चिम प्रदेश गाउँपालिका राष्ट्रिय महासंघको भोली नयाँ नेतृत्व छनोट हुनेछ।

२०७५ मंसिर १२ गते ८:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर