म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकी काठमाडौँमा (फोटो फिचर)
आजको खबर | प्रकाशित : २०७५ मंसिर १३ गते ६:५७

तस्बीर : आर्यन धिमाल/डिसी नेपाल
काठमाडौँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकी आजबिहान काठमाडौँ आइपुगेकी छन्।
नेत्री सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो।
२०७५ मंसिर १३ गते ६:५७ मा प्रकाशित