त्रिपुरेश्वरमा आङसाङ सुकीको एस्कर्टिङमा गुडेको सवारी दुर्घटना (हेर्नुहोस् भिडियो)
आजको खबर | प्रकाशित : २०७५ मंसिर १४ गते ५:०३

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई विशेष सुरक्षा एस्कर्टिङ गरेरे गुडेको मोटरसाइकल दुर्घटना भएको छ।
बिहीबार बेलुकी सुकीलाई सोल्टी होटलमा छाडेर फर्किदै गरेको मोटरसाइकललाई माइक्रोले ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक घाइते भएका हुन्। घाइते हुनेमा मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक दिपेन्द्र गुरुङ रहेका छन्।
भीआईपी छाडेर फर्कने क्रममा बा १ ज ६५७७ नम्बरको माइक्रोले उनी चढेको बा २ ब २५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका गुरुङको टाउकोमा गहिरो चोट लागेको छ। उनको नेपाल पुलिस अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। डिसी नेपालबाट
दुर्घटनाको भिडियोः
२०७५ मंसिर १४ गते ५:०३ मा प्रकाशित