हेर्नुहोस् फेरि आज पनि घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य, कति पुग्यो?

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते ८:२०

काठमाडौं। नेपाली बजारमा (आज) शुक्रबार पनि सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

बिहीबार ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासंघले जनाएको छ।

त्यस्तै बिहीबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोवार भएको तेजावी सुनको मूल्य आज ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार ७०५ रुपैयाँमा बारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

२०७५ मंसिर १४ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर