अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते ६:५४

वाशिङटन। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन भएको छ। अमेरिकाका ४१ औं राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा हस्टनस्थित आफ्नै निवासमा निधन भएको हो। बुशका छोरा जर्ज डब्लु बुश पनि अमेरिकाका पूर्व राष्ट्रपति हुन्। जुनियर (छोरा) बुश अमेरिकाका ४३ औं राष्ट्रपति निर्वाचित भएका थिए।

सिनियर बुशकी पत्नी बारबरा बुशको ९३ वर्षको उमेरमा निधन भएको ८ महिना नपुग्दै सिनियर बुशको पनि निधन भएको हो। बारबराको अप्रिल १७, २०१८ मा निधन भएको थियो। बुशको निधनको उनको सचिवालयले पुष्टि गरेको छ। सिनियर बुश एकप्रकारको पार्किन्सन्सबाट पीडित थिए जसका कारण पछिल्ला केही वर्ष उनी ह्वीलचेयर वा मोटराइज्ड स्कुलटरको प्रयोग गरेर हिँडडुल गर्न बाध्य भएका थिए।

गत अप्रिलमा उनकी पत्नी बारबरा बुशको अन्तिम संस्कारलगत्तै बुशको रगतको संक्रमणको उपचार गरिएको थियो। २०१३ मा उनी ब्रोङकाइटिसबाट पीति भएपछि उनको उपचार गरिएपछि उनको स्वास्थ्यमा सुधार भएको थियो।

२०७५ मंसिर १५ गते ६:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर