श्रृङ्खला खतिवडा परिन् टप–२० मा, मेडल देखाउँदै नेपालमा पठाइन् यो सन्देश (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते ७:२२

काठमाडौं। अन्ततः मिस वर्ल्ड प्रतियोगितामा नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडाले उपाधि तर्फ आफ्नो एक कदम अगाडि बढाएकी छन्। उनी उनी टप २० मा छनौट भएकी छन्। मिस वर्ल्डमा अब २० प्रतिस्पर्धी बाँकी छन् र अब झन्झन् पेचिलो प्रतिस्पर्धा हुनेछ।

मिस वर्ल्ड २०१८ प्रतियोगिताको शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ पार गर्दै श्रृङ्खला टप २० मा प्रवेश गरेकी हुन्। शृङ्खला १३ नम्बरको समुह विजेता हुँदै टप २० मा परिन्।

नेपालीहरूले गरेको भोट सार्थक भएको छ। नेपाली चेलीलाई विश्व मञ्चमा उच्च हौसलासहित अघि बढ्न नेपाली जनताले दिएको साथले यतिबेला विश्व चकित परेको छ। किनकी श्रङ्खलाले पाएको भोटको नजिकसम्म अन्य कुनै प्रतिस्पर्धी उभिन सकेका थिएनन्। उनको भोटअन्तर निकै फराकिलो थियो।

यो भिडियो हेर्नुस्

२०७५ मंसिर १५ गते ७:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर