‘भनौं कि नभनौं’ भित्रको जीवन–संसार

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते ३:०४

डा. पुुष्करराज भट्ट

श्रीओम श्रेष्ठ (२०१९) नेपाली साहित्य क्षेत्रका एक प्रतिभाशाली सर्जक हुन्। नेपाली साहित्य लेखन एवम् पत्रकारिताका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका श्रेष्ठको लेखन विभिन्न विधामा छरिएको भएतापनि आफ्नो महत्वपूूर्ण उर्जा मूूलतः निबन्ध, आत्मसंस्मरण एवम् लघुुकथा विधामा खर्चेको पाइन्छ। उनको प्रिय विधा निबन्धमा हालसम्म अर्थहीन अर्थहरू (२०५४), समयका सम्भावनाहरू (२०५९), एक्लो परिचय (२०६९) निबन्ध कृति प्रकाशित भइसकेका छन् । यसै क्रममा निबन्ध कृति प्रकाशनको क्रममा भनौं कि नभनौं (२०७३) पनि थपिन आइपुगेको छ। आफ्ना निजी अनुुभूूतिलाई कलात्मक बान्कीमा प्रस्तुुत गर्ने कलाका धनी श्रीओमका निबन्धमा विभिन्न स्वादलाई घोलेर विचार र कलाको समुुच्च रुप निर्माण गरिएको पाइन्छ।

यस कृतिमा भनौं कि नभनौं भन्दाभन्दै श्रेष्ठले धेरै कुुरा भनेका छन्। यो कृति मूूलतः स्रष्टासँगका निजी भोगाइ, आत्मीय सम्बन्ध र ती सम्बन्धले निमार्ण गरेको उच्च मानवीय सम्वेदनालाई प्रस्तुुत गर्ने कार्यमा सफल रहेको छ। स्रष्टा श्रेष्ठलाई समय परिस्थितिले नेपालका प्रसिद्ध लेखकसँगको सम्पर्कमा पुुर्यायो। पहिलेदेखि नै रङगमञ्च र लेखनतिर सक्रिय रहेकोले पनि उनलाई साहित्य र साहित्यकारसँग निकट बन्न प्रेरित गरेको निश्चयनै हो। छयासी वर्षको उमेर बाँचेर नेपाली साहित्यमा विशिष्ट छाप छोड्न सफल कृष्णचन्द्रसिंह प्रधानसँगको निकटताको प्रसङ्ग ‘जित्ने कृष्णचन्द्र’ निबन्धमा व्यक्त भएको छ।

लेखकले जीवनमा अनेकौं सङ्घर्ष खेपेर विशिष्ट पहिचान बनाउन सफल कृष्णचन्द्रको जीवनलाई नजिकबाट नियालेका छन्। यस रचनामा प्रधानलाई प्रमुुख अतिथि बनाएको, भूमिका लेखाएको, अन्तर्वार्ता लिएको, सँगै भोज खाएको लगायतका प्रसङ्ग आएका छन्।

यस्तै एउटा निवन्धमा निबन्धकारले चितवनका स्रष्टा एलबी क्षेत्रीको हक्की स्वभाव, सेनाको मान्छे साहित्यमा आएको प्रसङ्ग, कविडाँडा साहित्य समाजको प्रसङ्गलाई अघि सारेका छन्। निबन्धकार राममणि रिसालको लेखनबाट आफूू प्रभावित भएको, जीवनमा अनेकन पीडाका बिच पनि बाँचेको र एक निष्ठाको जीवन बाँच्ने व्यक्तिका रुपमा चिनेको प्रसङ्ग निबन्धमा आएको छ। लाहुरेको डायरीका लेखक जनकबहादुुर राणाको जीवन प्रसङ्ग र आफ्ना अनुुभूूतिलाई प्रस्तुुत गर्ने क्रममा लेखकले उहाँसँगको मित्रतालाई प्रस्तुुत गर्नाका साथै नेपाली पत्रिकाको सन्दर्भ, वीरगञ्ज र काठमाडौंमा भएका भेट, जीवनको उत्तरार्धमा भएको भेटलगायतका प्रसङ्गलाई रोचक पाराले व्यक्त गरेका छन्।

डा। बिहारीकृष्ण श्रेष्ठको धर्म, संस्कृतिप्रतिको लगाव, समाजसेवमा तत्परता, राष्ट्र र राष्ट्रियताप्रतिको अटुुट आस्थालाई प्रस्तुत गर्नाका साथै समाजसेवाका क्षेत्रमा उहाँले गरेका योगदानको मुुक्तकण्ठले प्रशंसा गरिएको छ। योग, खेलकुुद, बौद्धिक मन्थनमा डा।श्रेष्ठको सहभागिताले आफ्नो समाजलाई अघि बढाउनमा मद्दत पुुगेको प्रसङ्ग यी निबन्धमा व्यक्त भएको छ।

निबन्धकार श्रीओम श्रेष्ठका निबन्धमा आफ्ना अग्रजप्रति सम्मानभाव प्रकट भएको छ। निबन्धमा आफ्नो योगदानले नेपाली समाजलाई समृद्ध पार्ने सामाजिक जीवनका विशिष्ट नागरिकसँगका सहकार्यको चर्चाका साथै उहाँहरुले नेपाली समाजलाई दिनुुभएको योगदानको मुुक्त कण्ठले प्रशंसा गरिएको छ। यी निबन्धमा असल भावनाले मानिस महान हुने र असल मानिसको सहकार्यले असल चिन्तनको विकास हुने विचार आएको छ।

आफूू कामको हिसाबले महत्वपूूर्ण स्थानमा भएपनि अग्रजप्रति सम्मानभाव प्रकट गर्ने गरेको, उहाँको सम्वेदनशीलताप्रति एकाकार भएको र उहाँहरुका जीवनका सकारात्मक पक्षबाट आफूूले शिक्षा पाएको प्रसङ्ग निबन्धमा आएको छ। यसरी निबन्धकार आफ्ना अग्रजप्रति सम्मान व्यक्त गर्ने, असल गुुण ग्रहण गर्ने, असहज अवस्थामा पनि साथ दिने, योगदानको उच्च मूूल्याङ्कन गर्ने प्रवृत्तिको भएको कुुरा यी निबन्धले दर्शाउँछ।

श्रीओम श्रेष्ठले आफूू विदेशका विभिन्न स्थानमा पुुग्दाका संस्मरणलाई पनि यस कृतिमा महत्वपूूर्ण स्थान दिएका छन्। यी निबन्धमा विदेशी जीवन र नेपाली जीवनको तुुलना गरिएको छ। लेखकले विदेशको व्यस्त जीवन, जीवनलाई सस्तैमा बिताउने विदेशी पात्रका अनौठा क्रियाकलाप, धनी देशका गरिब माग्ने, पठन संस्कृतिलाई महत्व दिने विदेशी समाज, बिग्रेका विदेशी नागरिकका क्रियाकलाप आदिलाई विषय बनाइएको पाइन्छ।

यसै क्रममा नेपालका विकृतिको पनि चर्चा गरिएको छ। उनका निबन्धमा नेपाल जतिसुुकै विपन्न भएपनि आफूूलाई आफ्नै देशको माया लागेको, नेपालमै बस्न चाहेको, विदेशमा बस्ने मौका पाएपनि नेपालनै रोजेको विचार व्यक्त गरेका छन्। देश सम्पन्न भएर मात्र नहुने नागरिक पनि सोही अनुुसार हुनुुपर्ने विचार आएको छ। सम्पन्न देशमा पनि भिखारी भएको, बिना उद्देश्य बरालिने, नशामा जीवन बिताउने, अरुलाई पीडा दिने मानिस भएको घटनाका माध्यमबाट सम्पन्नता मात्र सबै थोक नभएको तथ्य अघि सारेका छन्।

श्रीओमका रचनामा आफ्ना निजी जीवनका अनुुभूूतिका साथै राष्ट्रको जीवन र यी जीवनको वरिपरि घुुमेका पात्र, घटना र प्रवृत्तिको समेत सूूक्ष्म अध्ययन पाइन्छ। लेखकले आफ्नो निजी स्वभावलाई प्रस्तुुत गर्ने क्रममा आफ्नो स्वभाव कसैलाई घात गर्ने किसिमको नभएको, आफूूले असहज अवस्थामा पनि धैर्यता नगुुमाएको प्रसङ्गलाई जोरदार किसिमले प्रष्ट पारेका छन्।

समाजमा नैतिकता ह्रास भएको, प्रविधिले मानिसले अति व्यस्त बनाएको, मानिसले विभिन्न संकीर्णतामा कैद भएर मानवता गुुमाएको, कर्म भन्दा गफमा बढी विश्वास गरेको, परपीडामा रमाएको, परिश्रमबाट टाढा भागेको जस्ता विकृत जीवन परिवेशको अभिव्यक्ति प्रस्तुुत गरेका छन्। यस क्रममा लेखकले नेपाली समाजका विकृतिको अन्त्य र सभ्य एवम् सुुसंस्कृत नेपाली समाजको चाहना अभिव्यक्त गरेका छन्।

उनका निबन्धमा भुुकम्पले ल्याएको त्रासदीको वर्णनका साथै यसपछिको मानवीय क्रियाकलापलाई समेत व्यक्त गरेका छन्। भुुकम्पले नेपाली समाजमा त्रासदी ल्याएपछि मानिसमा सहयोगी भावना जागेको, सम्वेदना विस्तार भएको, धनी र गरिबको भेद मेटिएको, संकीर्णता कम भएको प्रसङ्ग अघि सारेका छन्। निबन्धमा भूकम्पले नेपाली समाजमा ल्याएको त्रासदीबाट मुुक्तिका लागि नेपाली नागरिकले एकआपसका दुुःख र पीडा हटाउन मिल्नुुपरेको प्रसङ्गका माध्यमबाट अभावले पनि मानसिक परिवर्तन ल्याउन सक्ने विचारको प्रक्षेपण भएको छ।

उनका निबन्धमा न्यायका नाममा अन्याय बढी भएको, मानिसका लागि सबैभन्दा खतरा मानिसबाट भएको प्रसङ्का साथै प्रेमका नाममा देखिएका विकृतिको समेत चर्चा गरिएको छ। लेखकले निजी अनुुभूूतिलाई व्यक्त गर्ने क्रममा आफ्नै पसिनाले आफूूलाई सन्तुुष्टि दिएको प्रसङ्गका साथै आफ्नो निष्ठालाई कसैले गाल्न नसक्ने विचार समेत आएको छ। यस कृतिमा आफ्नो निजी स्वास्थ्यको प्रसङ्गका क्रममा बिरामीका लागि हरेक अपरेशन मेजर नै भएको विचारका साथ डाकटरको असल व्यवहारको प्रशंसा समेत गरिएको छ।

निबन्धकार श्रीओम श्रेष्ठ रोदन नेपाली निबन्ध लेखन क्षेत्रका एक विशिष्ट प्रतिभा हुन्। आफ्ना निबन्ध रचनामा मानवीय अनुुभूूतिलाई कलात्मक तरिकाले प्रस्तुुत गर्ने सिप र शैली आर्जन गरेको पाइन्छ। उनका निबन्धमा लामा–छोटा वाक्य एवम् अनुुच्छेदका माध्यमबाट आफ्नो अभिव्यक्तिलाई आकर्षक पार्ने कार्य गरिएको पाइन्छ । निबन्धमा विभिन्न लेखक, गीतकार, प्रसिद्ध व्यक्तिका भनाइ राखेर तिनको पुुष्टि गर्ने कार्यले लेखकको अध्ययनशीलतालाई दर्शाउँछ।

यी रचनामा विभिन्न सन्दर्भ र सन्दर्भको व्याख्याका माध्यमबाट आफ्ना रचनालाई पुुष्टि गर्ने आधारको व्यापकताको खोजी गरिएको पाइन्छ। श्रेष्ठका रचनामा बिम्बात्मक अभिव्यक्तिका साथै प्रतीकका माध्यमबाट नेपाली समाज, जनजीवनका साथै नेपाल बाहिरको विश्व समाजलाई हेर्ने कार्य गरिएको छ। नेपाली समाजका विभिन्न क्षेत्रका विकृत परिवेशको चर्चाका साथै विकृतिविहिन नेपाली समाजको चाहना उनको लेखनको मूूल अभिष्ट बनेर आएको छ। विभिन्न विषय सन्र्दभका रचनालाई एकैमा गाँसेर राख्नुुभन्दा फरक–फरक कृतिमा प्रस्तुुत गर्न सकेको भए यसले दिने मिठास अझ बढी हुने थियो। डिसी नेपालबाट साभार

२०७५ मंसिर १६ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर