म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी स्वेदश फिर्ता

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते ६:५९

काठमाडौं। एसिया प्यासिफिक समिट–२०१८ मा भाग लिन काठमाडौं आएकी म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ साङ सुकी स्वदेश फर्किएकी छिन्।

गत मंसिर १३ गते काठमाडौं आएकी नेत्री सुकी आइतबार बिहान स्वदेश फर्किएकी हुन्।

काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन्।

सो समिटमा सहभागिताका लागि म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी र कम्बोडियाली प्रधानमन्त्रीलाई सरकारले नेपालको औपचारिक भ्रमणको निम्तो दिएको थियो।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन भने शनिबार नै स्वदेश फर्किसकेका छन्।

२०७५ मंसिर १६ गते ६:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर