माछा मार्दा करेन्ट लागेर २५ बर्षीय युवकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते ८:४७

करेन्ट लागेर मृत्यु झापा, मंसिर १६ गते । झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिवार साँझ १७:४० बजेको समयमा सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

२०७५ मंसिर १६ गते ८:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर