एक लाख रुपैयाँ घुससहित सहसचिव डा. पौडेल रंगेहात पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते १३:३०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

डा पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको अख्तियारले जनाएको छ । डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।

२०७५ मंसिर १६ गते १३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर