विवादित क्रिस्चियन संस्थाले दियो प्रधानमन्त्री ओलीलाई एक लाख डलर पुरस्कार !
आजको खबर | प्रकाशित : २०७५ मंसिर १६ गते १३:४३

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख रुपैयाँ डलरको लिडरसिप एन्ड गुड गभर्नेन्स पुरस्कार प्रदान गरेको छ।
विश्वभर क्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको भनिएको उक्त संस्थाले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा ओलीलाई यो पुरस्कार दिएको हो ।
नेपालमा पूर्वसांसद एकनाथ ढकालले अगुवाइ गरिरहेको उक्त संस्थाले दिएको एक लाख डलर बराबरको यो पुरस्कार ओलीले सरकारलाई हस्तान्तरण गरेका छन् ।
संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कारका साथमा उनलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो।
यो पुरस्कारबापतको रकम युवा र बालबालिकाको क्षेत्रम खर्च गर्न नेपाल सरकारलाई हस्तान्तरण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । शनिबारदेखि जारी उक्त सम्मेलन आइतबार समापन भएको छ।