मोवाइल चोरीका घटना बढ्दै, प्रहरी नै भन्छ ‘भेटिन्छ भन्नेमा ढुक्क नहुनुस्’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते ५:५३

निर्मला घिमिरे

काठमाडौं। धेरै मानिसहरुका मोबाइलहरु चोरी हुने घटना दिनानुदिन बढ्दै गएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । मानिसहरु बसमा यात्रा गर्दा र राखिएकै ठाउँबाट समेत मोबाइल चोरी हुने समस्या बढ्दै गएको प्रहरी परिसर टेकुले जनाएको हो ।

यसरी हराएको मोबाइलको आइएमइआइ नम्बरबाट मोबाइल भेटिन्छ भन्ने कुरामा ढुक्क नहुन समेत प्रहरीले अनुरोध गरेको छ । हराएको मोबाइलको आइएमइआइ नम्बरबाट सजिलै भेटिने भएता पनि मोबाइलमा कुनै पनि सिम नराखी चोरी गर्ने वा भेट्ने व्यक्तिले चलाएमा हराएको वा चोरिएको मोबाइल भेटिने सम्भावना न्यून हुने हुँदा आफ्नो मोबाइलको सुरक्षामा व्यक्ति स्वयमले ध्यान दिन प्रहरीले अनुरोध गरेको हो ।

मोबाइल चोरी हुने घटना भने नयाँ होइन तर पनि जति मोबाइलको प्रयोग बढ्दै गयो मोबाइल चोरी हुुने प्रकृया समेत बढ्दै गइरहेको छ । प्रहरी परिसर टेकुले हराएको मोबाइल खोजतलासका लागि मोबाइल खोजतलास शाखा नै छुट्याएर काम गरिरहेको छ । मोबाइल हराएका, चोरी भएका, लुटपाट र पाकेटमारका उजुरी दैनिक अत्याधिक आउने हुँदा मोबाइल खोजतलास शाखा नै सञ्चालन गरी सेवा प्रदान गरिरहेको जनाएको छ ।

टेकु प्रहरी परिसरमा कार्यरत असई सागर थापाले टेकु प्रहरी परिसरमा मात्रै एक दिनमा ६० भन्दा बढी मोबाइल हराएका उजुरी आउने गरेको बताए । असई थापाले भने ‘मोबाइल धेरै हराउँछन् खोजतलास गर्दा थोरै मात्र भेटिन्छन् । उनले अगाडि भने ‘हराएको वा चोरी भएको मोबाइल भेटिन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन ।’

चोरीएका मोबाइलका पार्टपूर्जा मात्रै पनि छुट्टै निकालेर बेचिने हुँदा पनि चोरिएको वा हराएको मोबाइल नभेटिने सम्भावना बढी रहेको उनी बताउँछन् । हराएको भन्दा भेटिएको मोबाइल संख्या कम रहेको प्रहरी परिसर टेकुले जनाएको छ । हराएको मोबाइल सम्बन्धी उजुरी दर्ता गरेपछि आइएमइआइ लोकेसन टे«सको लागि अदालतको अनुमतिका लागि आइएमइआइएल पत्राचार गरिने र अनुमति प्राप्त भएपछि सेवा प्रदायक कम्पनीमा पत्राचार गरी आइएमइआइएल टे«स सुचारु गरिने र मोबाइल चोरी, लुटपाट तथा हराएको सम्बन्धी खोजतलास गरिने प्रहरी परिसर टेकुले जानकारी दिइएको छ ।

मोबाइल हराएको वा चोरिएको उजुरी दर्ता गरिसकेपछि सम्बन्धित मोबाइलको सेवाप्रदायक कम्पनीबाट आइएमइआइएल टे«स प्राप्त भएपछि सोही ट्रेसको आधारमा प्रहरीले मोबाइल युजर पत्ता लगाउने र सो मोबाइल झिकाउने र सम्बन्धित व्यक्तिलाई दिने गर्दै आएको छ । दैनिकजसो मोबाइल हराएर वा चोरिएर उजुरीका लागि टेकु प्रहरी परिसरमा आउनेको संख्या बढ्दै गएको प्रहरी परिसरले जनाएको छ ।

मोबाइलहरु बसमा यात्रा गर्दागर्दै खल्तीबाटै हराउने, राखिएको ठाउँबाट चोरिने र अन्जान व्यक्तिहरुले एकछिन कुरा गर्न मोबाइल दिनुस् न अर्जेन्ट छ भन्दै लिने र त्यसपछि त्यस्ता व्यक्तिहरु मोबाइल लिएर फरार हुने गरेका समस्याहरु रहेको पीडितहरुले बताएका छन् ।
टेकु प्रहरी परिसरमा भेटिएका गुल्मीका गोपालबहादुर थापाको शनिबार मात्रै सामसुङ जेफोर मोबाइल बसमा यात्रा गर्दागर्दै बालाजुबाटै हरायो उनको मोबाइल बसमा भीडभाड भएको बेला पाकेटबाटै हराएकोले थापाले मोबाइल पाकेटमारेको सम्बन्धमा उजुरी दर्ता गराएका छन् । थापाले भने ‘प्रहरी परिसर टेकुले एक महिना पछि टेकु प्रहरी कार्यालयमा आउन भनेको छ ।’

‘हराएको मोबाइल भेटिन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन उहाँको मोबाइल आइएमईआइएल टे«सपछि युजर पत्ता लाग्यो भने र मोबाइल चलाउने मान्छेले फोन उठायो भने प्रहरीले हराएको मोबाइल प्रहरी परिसर टेकुसम्म झिकाउन पहल गर्ने हो’ असई थापाले भने । मोबाइल हराएको दावी गर्न मोबाइलको बक्स, आइएमइआइ नम्बर र बिलबुक अनिबार्य हुनुपर्ने प्रहरी परिसरले जनाएको छ ।

झापाका आयुष श्रेष्ठको जापानबाट आफन्तले पठाइदिएको आइफोन खल्तीबाटै हरायो । उनलाई आइफोनको आइएमइआइ नम्बर थाहा भएपनि उनीसँग त्यस आइफोनको बक्स नभएकोले उनको हराएको आइफोनको उजुरी दर्ता भएन । उनी रित्तै फर्किए ।

असई थापाले भने ‘बक्स नभए त जसले पनि हराएको दावी गर्न आउने भयो एक जनाको मोबाइल वा आइफोनको आइएमइआइ नम्बर थाहा पाएर मेरो मोबाइल वा आइफोन हरायो भनेर दावी गर्न सक्ने जस्ता समस्या हुने हुँदा आइएमइआइ नम्बर मात्र भएर मोबाइल हराएको वा चोरी भएको सम्बन्धी उजुरी दर्ता हुँदैन । त्यसैले मोबाइल हराएको वा चोरी भएको दावी गर्न मोबाइलको बक्स र बिल पनि अनिबार्य हुनैपर्छ ।

रुकुमकी लाक्पा शेर्पाको मोबाइल खाजा खान बसेको होटलमा चार्ज लगाएकै ठाउँबाट हरायो । रुकुमबाटै हराएको मोबाइलको उजुरी दर्ता गर्न उनी काठमाडौं टेकु आइपुगिन् । उनको हराएको मोबाइल सम्बन्धी उजुरी आइतबार दर्ता भइसकेको छ तर एक महिना पछि मात्रै उनलाई टेकु प्रहरी परिसरले फेरि बोलाएको शेर्पाले बताइन् । शेर्पाको हराएको मोबाइल भेटिन्छ कि भेटिन्न भनेर कुनै ग्यारेन्टी भने प्रहरीले पनि दिन नसक्ने बताउँछन् असई थापा । डिसी नेपालबाट साभार

२०७५ मंसिर १७ गते ५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर