४ जना पुरुषको सामूहिक बलात्करमा परेको कुकुरको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते ८:०९

काठमाडौं । भारतमा चार पुरुषद्वारा सामूहिक बलात्कृत भएको कुकुरको मृत्यु भएको छ । कुकुरलाई यौनाङ्ग काटिएको अवस्थामा अस्पताल पुर्याइएको थियो । करेज नाम दिइएको उक्त कुकुरको गत बुधबार मृत्यु भएको पशु अधिकारसम्बन्धि काम गर्ने संस्था एनिमल्स म्याटर टु मीले जानकारी दिएको छ । फेसबुक पोस्टमा लेखिए अनुसार कुकुरको पोस्टमार्टमसमेत गरिने छ ।

करेजको बलात्कारपश्चात् अत्यधिक रक्तश्राव र आन्तरिक चोटका कारण मृत्यु भएको बताइएको छ । करेजलाई ड्रग्स सेवन गरेको भनिएका चार व्यक्तिले बलात्कार गरेका हुन् । स्थानीय अधिकारीले ती चारजनाको खोजी गरिरहेको जानकारी दिएको छ । सुधा फर्नान्डेज नामकी एक युवतीले नोभेम्बर १७ तारिखमा करेजको यौनाङ्ग काटिएको र अत्यधिक पीडामा कराइरहेको देखेपछि घटना सार्वजनिक भएको एसियन एजले बताएको छ ।

एक अटो रिक्सा ड्राइभरले करेजको त्यही दिन बिहान दुई बजे बलात्कार भएको जानकारी दिएको फर्नान्डेजले बताइन् । “उनले कुकुरलाई तत्काल अस्पताल पुर्याउनुपर्ने बताए,” फर्नान्डेजलाई उद्धृत गर्दै लेखिएको छ । “कुकुरको अगाडिको खुट्टा र मुख बाँधेर बलात्कार गरिएको थियो । कुकुरको चिच्याहटले ती रिक्सा चालकलाई सतर्क बनाएको र उनी घटनास्थल पुग्दा बलात्कारी भागेका थिए ।” एजेन्सी

२०७५ मंसिर १७ गते ८:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर