पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुन कति ?
आजको खबर | प्रकाशित : २०७५ मंसिर १७ गते १४:४९

काठमाडौँ । आज राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज अपराह्न बसको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ रहेको थियो। अन्तराष्ट्रिय बजारमा कच्चा चेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको हो।
२०७५ मंसिर १७ गते १४:४९ मा प्रकाशित