यसरी हुँदै छ निर्मला पन्तको पोस्टर जति च्यातो, उति भाइरल ! (फोटो फिचर)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते ३:५८

काठमाडौँ – हरेक दिन ट्रेडिङमा परिरहेको अनि हरेक नेपालीको मन रुवाउने निर्माला बलात्कार काण्ड पछिल्लो समयको सबै भन्दा विवादीत काण्ड हो भन्दा गलत नहोला । कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए –१३ गते बिहान राजधानीका मुख्य चोकहरुमा ।

पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।

जसरी सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेका थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।

प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्यो। न्याय खोज्नेहरु झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएको थिए नै, आज सम्मआइपुग्दा देशव्यापी रुपमा सवारी साधनमा स्टिकर, झोलामा कपडामा हर क्षेत्रमा यस्ता पोस्टर टाँसिन थालेका छन् । अझ सामजिक संजाल तिर यसको प्रभाब झनै बढेर गएको देखिन्छ ।

२०७५ मंसिर १८ गते ३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर