सन्दिप लामिछाने क्याम्पस भर्ना (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते ९:०२

काठमान्डौं ।‌‌‍‌ सन्दिप लामिछाने कलेज भर्ना भएका छन्। स्टार क्रिकेटरका रूपमा विश्वभर ख्याति कमाएका सन्दिपले ब्याचलर इन सोसल वर्क अर्थात एसडब्लू कोर्षका लागि कलेज भर्ना भएका हुन्। सोमबार उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज भर्ना भएका हुन् ।

क्याम्पस परिवारले एक कार्यक्रमको आयोजना गरेर उनलाई स्वागत गरेको छ। उनी सोही कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

भिडियोमा देखिएको दृश्य सन्दिप स्वयंले फारम भरेर कलेज भर्ना हुँदाको  हो । उनले त्यसक्रममा आफ्नो मन्तव्य पनि राखेका थिए। मन्तव्यका क्रममा उनले जहाँ जुन अवस्थामा भएपनि देशका लागि केही न केही अवश्य योगदान गर्नुपर्ने बताए। उनले कलेजको पढाइ र क्रिकेट खेल सँगै अगाडि बढाउने बताए।

सन्दिपले कलेजको भर्ना फारम भर्दा उनका समकक्षीबीच आफ्नो सेक्सनमा सन्दिपलाइ तान्ने होड चलेको थियो।

भिडियोः

२०७५ मंसिर १८ गते ९:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर