६० दिनभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन असम्भव !

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते ११:२०

काठमाडौं। खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा निश्चित भएको छैन। प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरी तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नरहेको ठहर गरेको हो।

सतही व्याख्या र अनुमान भन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नदेखिएको प्रतिक्रिया दिएको छ। गत आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्लद्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए। उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी

२ किलोमिटर सुरुङको फाइनल फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडान लगायतका काम बाँकी

टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पु¥याउने दावी गरेका थिए। त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दशै अगाडिनै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन्।

मन्त्री र सचिवले आ आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको यथास्थित भने भिन्न छ। साच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने अवस्था छैन। राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा त्यस्तै देखियो।

अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडान लगायतका काम बाँकी नै छ। बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष आयोजनाले लिएको छ। मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक पटक समय थप हुँदै आएको छ।

२०७५ मंसिर १८ गते ११:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर