कर्मचारीले गरे १५ वर्षीया किशोरीलाइ बलात्कार

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते १३:१७

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताए ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महीनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर १८ गते १३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर