भारतीय क्रिकेटर गौतम गम्भीरले गरे सन्यासको घोषणा, हेर्नुहोस् भावुक भिडियो

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते १६:२२

नयाँ दिल्ली। भारतीय ओपनिङ ब्याट्सम्यान गौतम गम्भीरले क्रिकेटबाट सन्यास लिएका छन् । पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका गम्भीरले सामाजिक सञ्जालमा एक भिडियो राख्दै सन्यासको घोषणा गरेका हुन्।

फेसबुकमा राखिएको भिडियो लभगभ १२ मिनेटको छ। भारतीय क्रिकेट क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । गम्भीरले भारतका लागि ५८ टेस्ट म्याचमा ४१ दशमलव ९६ को औसत गरि ४१५४ रन बनाए।

जसमा नौ शतकीय पारी खेले । उनले  १४७ वानडे म्याचमा ३९ दशमलव ६८ र ४१५४ रन बताए । जसमा ९ शतकीय पारी खेलेका थिए ।  उनले ३७ टी२० म्याच खेलेका छन्।यसका साथै उनले आईपीएलमा १५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ ।

पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर, प्रतियोगितामा अपेक्षित नतिजा नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए । आज सन्यासको घोषणा गरेका हुन् । हेर्नुहोस् उनले फेसबुकमा राखेको भिडियो

२०७५ मंसिर १८ गते १६:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर