नेपालमा जुनसुकै बेला पनि शक्तिशाली भूकम्प जान सक्ने भारतीय वैज्ञानिकको दाबी
आजको खबर | प्रकाशित : २०७५ मंसिर १९ गते ७:४३

नयाँ दिल्ली। भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पीय जोखिममा रहेको औंल्याएका छन्। वैज्ञानिकहरुका अनुसार हिमालय क्षेत्रको आसपासमा जुन प्रकारको भौगोलिक घटना भइरहेका छन्, ती घटनालाई अध्ययन गर्दा यो क्षेत्रमा ८ दशवमल ५ रेक्टरस्केलको भूकम्प कुनै पनि बेला आउन सक्छ।
जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्भविद् सीपी राजेन्द्रनले नेतृत्व गरेको अनुसन्धानले निटक भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो। ‘जियोलिजकल जर्नल’मा प्रकाशित लेखमा भनिएको छ–दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ।’ नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकमा आधारित भएर गरिएको अध्ययनलेयस्तो देखाएको हो।
शोधकर्ताहरुले जियोलोजिकल सर्भे अफ इण्डियासँग भएको भूबनवटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय अन्तरिक्ष एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्वीरको सहयोगमा अनुसन्धान संचालन भएको थियो। पछिल्लोे प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन्।
‘हिमालय क्षेत्रमा ८.५ रेक्टरस्केलको भूकम्प जाने खतरा छ भन्ने भारतीय वैज्ञानिकको निष्कर्षमा कुनै शंका छैन,’ उनले भनेका छन्, ‘मेरो आफ्नै अध्ययनले कही वर्ष अघि पूर्वी आल्मोडादेखि नेपालसम्म ८.७ रेक्टरस्केलको भूकम्प जानसक्ने देखाएको थियो।’
वैज्ञानिकहरुको निष्कर्षकालाई आधार मान्ने होभने हिमालय क्षेत्रमा कुनै पनि बेला ठूलो तीव्रताकासाथ भूकम्प जान सक्छ। हिमालय क्षेत्रमा अवस्थित नेपालमा सन् २०१५ मा गोर्खा केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति पुर्याएको थियो। त्यतिबेला आएका दुई वटा शक्तिशाली भूकम्पकोमा ८ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका थिए।