इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते ४:०४

नयाँ दिल्ली,। तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ ।

इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो ।

संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।

मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहेका छन् भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ ।

पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा परेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिएको अध्ययनले जनाएको छ । उनको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ ।

२०७५ मंसिर २१ गते ४:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर