आहा! मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक, जाने हैन त मुक्तिनाथ ? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते ८:१०

मुस्ताङ । देशकै प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे गरिएको छ। धुलाम्य अवस्थाको उकालो सडक अहिले चौडा, ग्रेड मिलेको र कालोपत्रे भएपछि मुक्तिनाथ जान सहज भएको छ।

कागबेनीदेखि मुक्तिनाथ मन्दिरतर्फ उकालो लाग्दा सवारी साधनले तान्न मुस्किल पर्थ्यो। ुहाई अल्टिच्युडु त्यसमाथि कच्ची सडकमा बढी ुरेसु लिनु पर्दा सवारी उकालो चढ्न हम्मे पर्थ्यो, तर अहिले त्यो कष्ट हटेको छ।

हिमालपारिको जिल्ला मुस्ताङ जाँदा बेनी बजारदेखि उता जोमसोम हुँदै कागबेनीसम्म कच्ची सडक पार भएर पुग्नुपर्छ। तर कागबेनी देखि मुक्तिनाथ मन्दिरको फेदसम्म १२ किलोमिटर सडक अहिले कालोपत्रे भएको हो।

जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाले दसैँअगाडि कालोपत्रे सम्पन्न गरेको हो। दुई वर्ष समय र २० करोडको लागतमा कालोपत्र गरिएको हो। डिसी नेपालबाट साभार

कालोपत्रे भएपछिको यो सुन्दर र भव्य दृश्य भिडियोमा हेर्नुहोस्ः

२०७५ मंसिर २१ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर