रुपन्देहीमा ७ बर्षिया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते १६:२०

रुपन्देही । रुपन्देहीको देवदहमा ७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ।

बालिकालाई युवाहरूले तानेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शुक्रबार बेलुका भएको सो घटनामा स्थानीयवासीको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाटै भाग्दै गरेका युवाहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक केसीले डीसी नेपाललाई जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको र बुटवलबाट थप प्रहरी टोली घटनास्थल जाँदै गरेको बताईएको छ।

बालिकाको गुप्ताङ्गबाट रगत बगेको छ । उनको अवस्था खराब भएपछि उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार पक्राउ पर्नेहरुमा देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्री छन्। अन्य २ जनाको भने पहिचा खुलाइएको छैन ।

२०७५ मंसिर २१ गते १६:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर