लिटिल मेसीको परिवारलाइ तालिबानको धम्की

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते १६:२८

आतंकवादी संगठन तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवारले फेरि देश छोड्नु परेको छ ।
लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई तालिबानले मार्ने धम्की दिएपछि उनको परिवारले देश छोडेको हो । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएका थिए ।

भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण देश छोड्नुपरेको बताएका छन् । सन् २०१६ मा पनि उनीहरु केही समयका लागि पाकिस्तानमा शरणार्थीका रुपमा बसेका थिए ।

मेसीको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भए । जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए ।

सामाजिक सञ्जालमा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए । त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।

२०७५ मंसिर २१ गते १६:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर