फ्रान्समा जारी पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन कारण फ्रेन्च

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते ६:२७

फ्रान्समा जारी पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलनका कारण फ्रेन्च लिगका केही खेलहरु स्थगित भएका छन् ।लिग अन्तर्गत शुक्रबार तय भएको मोनाको र नाइसबीचको खेल स्थगित भएको थियो । यसै साता पेरिसमा हुने तय भएका पीएसजी र मोन्टपेलियरबीचको खेल स्थगित भएको छ भने लियोनमा शनिबार हुने तय भएको ओलम्पिक लियोन र टोलसेबीचको खेल पनि स्थगित भएको छ ।

यस्तै एंगर्स र बोर्डक्स, निम्स र नान्टेस तथा सेन्ट इटिनबीचको खेल पनि नहुने भएको छ । पछिल्लो तीन सातायता पेट्रोलियम पद्धार्थमा कर वृद्धि गरेको भन्दै फ्रान्सको पेरिसलगायतका स्थानमा सुरु भएको आन्दोलन अझसम्म पनि जारी छ । आन्दोलनमा संलग्न चारसय भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनमा तीन जनाको ज्यान गइसकेको छ भने सयौँको संख्यामा घाइते भएका छन् ।

२०७५ मंसिर २२ गते ६:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर