शुरु भयो मिस वर्ल्डको फाइनल राउण्ड, हेर्नुहोस् लाइभ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते ११:१०

काठमाडौं। चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल राउण्ड सुरु भएको छ । फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिस्पर्धा गर्दैछन् । ११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्नेछन् । नेपाली सुन्दरी दुई उपाधि जित्दै फाइनल पुगेकी हुन् । श्रृंखलाले मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज दुवै टाइटल जितेकी हुन् । उनलाई फाइनल पुग्न भने यी दुईमध्ये कुनै एउटा मात्र टाइटल जितेको भए पनि पुग्ने थियो ।

लाइभ प्रसारण चलिरहँदा श्रृंखलालाई भोट गर्न सकिनेछ । यसरी गरिने भोट प्रत्येक देशबाट गरिएको भोट बराबर १ भोट गनिनेछ । अर्थात भोटको गणना कति जनाको भोट आयो भनेर भन्दा पनि कति फरक फरक देशबाट भोट आयो भन्ने आधारमा हुनेछ । नेपाली सुन्दरी श्रृंखलाले आफूलाई भोट गरिदिन विश्वभर छरिएका नेपालीहरुसँग आग्रह गरेकी छिन् । यो भोटले उनलाई पिपुल्स च्वाइस अवार्ड जित्न सघाउनेछ ।
हेर्नुहोस् लाइभ –

२०७५ मंसिर २२ गते ११:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर