निर्मला पन्तको हत्यारा पक्राउ परिसकेको सरकारको दावी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते १३:४३

काठमाडौं । रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पक्राउ परिसकेको दावी गरेका छन् । शनिबार मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै निर्मला पन्तका बलात्कारी तथा हत्यारा पक्राउ परेको दावी गरे ।

उनको भनाईको संकेत हालै राजधानीमा पक्राउ परेका कञ्चनपुरका किशोरतर्फ थियो ।

उपप्रधानमन्त्री पोखरेलले सम्बोधनका क्रममा ‘हत्याराहरु’ भन्ने शब्द प्रयोग गरेकाले सो बलात्कार तथा हत्या सामूहिक भएको निश्कर्षमा सरकार पुगेको आभास भएको छ ।

सम्बोधनका क्रममा उपप्रधानमन्त्री पोखरलेले दोषी सार्वजनिक गर्दा त्यसको बचाउमा राजनीति हुने भन्दै विपक्षीप्रति कटाक्ष पनि गरे । उनले भने, ‘दोषी सार्वजनिक गर्दा त्यसलाई छाता ओढाउनेहरु सक्रिय हुने पनि जोखिम छ, राजनीतिक रोटी सक्नु पर्दैन सरकारले दोषी लुकाउँदैन ।’ उनले विधि पुर्याएर दोषी सार्वजनिक गरिनेसमेत बताए ।

घटना भएको महिना भइसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै दिनदिनै दबाब मुलक कार्यक्रमहरु देशभर भएपछि सरकार यो प्रकरणमा रक्षात्मक बनेको छ । त्यसैले पनि उपप्रधानमन्त्री पोखरेलले यो घटनमा राजनीति भएको दुखेसो पोखेका हुन् ।

यद्यपी यो घटनाका दोषी पत्ता लगाउन आयोजना भइरहेका घटनामा कुनै दल विशेष पार्टीको झण्डा प्रयोग गरेका छैनन् ।

२०७५ मंसिर २२ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर