मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउन यो खानुहोस् !

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते १२:४९

काठमाडौं । हाम्रो वरपर हामीसँग धेरैं रोगहरुको सरल उपचार हुन्छ तर हामी त्यसका बारेमा ख्याल गर्दैनौं । जुन बेला हाम्रो समाजमा अस्पताल थिएनन त्यो बेला पनि मान्छेहरु बिरामी हुन्थे र जडिबुटीको सहयोगमा निको हुन्थे आज हामी त्यसैं मध्यको मह र कागतिको कुरा गर्दैछौं । जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला राम्रो बनाउन कागती ,पानी र मह पिउँछन् भने कोहि तौल घटाउन कागती मह र पानी पिउँछन् ।

खाली पेटमा कागती,मह पानी : आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाउनुस र त्यसलाई तत्कालै पिउँनुस । यो पानी खाएको घण्टामा चिया या कफी पिँउनुस् । उक्त मिश्रण तपाई मुख नधोई अर्थात ब्रश नगरी पनि पिउँन सक्नु हुन्छ। नियमित कागती पानी पिँउने गर्दा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ। पाचन सुधार्छस् पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

कब्जियत हटाउँछ : तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी : लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

अनुहारमा निखार आँउछ : कागती यतिकै पनि छालाको लागि राम्रो मानिन्छ। तर मह र तातो पानीमा मिसाएपछि यसले हाम्रो छालालाई प्यूरीफाई गर्ने काम गर्दछ। कागती एंटी(ब्याकटेरियल भएकोले यसले मुखमा भएको दाग हटाउँदछ र अनुहारमा चमक आँउदछ।

संक्रमण हटाउने क्षमता हुन्छ : महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्र ९शरीरबाट पानी बाहिरनिकाल्ने तत्व० को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

इनर्जी लेबल बढाउँछ : मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ

तौल घटाउन उपयोगी : मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

पोषक तत्व र भिटामिनले भरपूर : मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ : यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ । एजेन्सी

२०७५ मंसिर २६ गते १२:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर