संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सिफारिस
आजको खबर | प्रकाशित : २०७५ मंसिर २७ गते ६:०७

काठमाडौं। संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको छ। बिहीबार विहान बसेको संवैधानिक परिषदको बैठकमा उनको नाम सिफारिस गरिएको हो।
यसअघि न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले बुधबार विहान परिषदको बैठक बोलाएका थिए।
तर पटक–पटक विभिन्न कारणले बैठक बस्न नसक्दा प्रधानन्यायाधीशमा नाम सिफारिस हुन सकेको थिएन। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
परिषदले सिफारिस गरेसँगै संसदीय सुनुवाई समितिले सुनुवाई प्रक्रिया पुरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ। यसअघि संसदीय सुुनुवाई समितिले प्रधानन्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेका दीपकराज जोशीको नाम अस्वीकार गरेको थियो