जानिराखौँ, तपाईकै घरमा पाइने रायोका अद्भूत फाइदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते ६:२३

काठमाडौँ । रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन(भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ।

यसलाई हरियो छँदे टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ गुन्द्रुक भनेको एक सागबाट सुकार भविष्यको लागि तरकारीको रुपमा प्रयोग गर्न बनाईएको तरकारी हो यसमा हाम्रो शरीर लाई चाहिने अति महत्वपूर्ण तत्व फलाम पाईन्छ । खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ।

पुरानो बाथको लागि
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ।

पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ।

कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहानरबेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ।

दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १र२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ।

सेतो दुवी आएमा
रायो धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहानरबेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ।

वमन हुन लागेमा
रायोको गेडा खलमा पिनेर नाइटो वरिपरि लेप गरेमा वमन हुने क्रम केही समयमा नै ठिक हुन्छ।

भिडियो….

२०७५ मंसिर २७ गते ६:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर