जब सडकमै आयो चक्लेटको बाढी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते ६:२७

एजेन्सी । सार्वजनिक सडकमै चकलेटको बाढी आएपछि चौतर्फी हल्ला फैलिएको छ।

जर्मनीको एक पश्चिमी शहरमा रहेको चकलेट कारखानाबाट एक टन चकलेट बगेर सार्वजनिक सडकमा बगेपछि कारखानाको भण्डारण ट्यांकमा सानो प्राविधिक त्रुटि भएको बताइएको छ।

त्यहाँको ड्राईमाइस्टर चकलेट कारखानाबाट चुहिएको चकलेट चिसो सडकपेटीमा आइपुगेपछि तत्कालै कडा भएको थियो।

चकलेट हटाउनका लागि २५ जना उद्धारकले टर्च बालेर शावेल र तातोपानी प्रयोग गरेका थिए।

कम्पनीका मालिक मार्कस लकीले कारखाना बुधवारबाट नै सञ्चालनमा आउने बताए।

२०७५ मंसिर २७ गते ६:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर