नेपालमा नचल्ने भए नयाँ भारतीय नोट

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते ११:५३

काठमाडौं। पुराना भारतीय नोटमाथि प्रतिबन्ध लागेपछि ल्याइएका नयाँ भारतीय नोटहरुमध्ये ठूला दरका भारतीय नोटहरु पनि नेपालमा नचल्ने भएका छन् । २ हजार, ५ सय र २ सय गरी तीन सबैभन्दा ठूला दरका भारतीय नोट नचल्ने भएका हुन् ।

यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । उक्त निर्णय सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।

२०७५ मंसिर २७ गते ११:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर