काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा, यस्तो छ कार्यक्रम

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते १५:१६

काठमाडौं । नेपाली काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार शुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो ।

काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महासमिति बैठकमा भाग लिन विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भईसकेको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । महासमिति बैठकमा १६ सय जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने प्रवक्ता शर्माले जानकारी दिए ।

महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र शूरु हुने कार्यक्रम पनि तय गरिएको छ । बन्द सत्रमा पार्टी केन्द्रिय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु भएकै दिन शनिवार पेश गर्ने कार्यतालिका रहेको प्रवक्ता शर्माले बताए ।

पुस १ गतेबाट महासमिति बैठकमा सो प्रतिवेदनमाथिको छलफल प्रदेशस्तरीय ७ वटा समूह बनाएर हुनेछ । प्रवक्ता शर्माले पुस ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरि महासमिति बैठकले आवश्यक निर्णय लिने पनि बताए । महासमिति बैठकले पार्टीलाई नविन उर्जा दिने काँग्रेसले विश्वास लिएको छ । पार्टी जीवनलाई महासमिति बैठकले नयाँ उर्जा दिने प्रवक्ता शर्माले दावी समेत गरे ।

काँग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नेछ ।

२०७५ मंसिर २७ गते १५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर