एक व्याक्ति बाटै तीन लाखभन्दा बढीका शैक्षिक सामग्री प्रदान

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २८ गते ४:४७

रोल्पा । गत कात्तिक १८ गते प्रकाशित राष्ट्रिय समाचार समितिद्वारा सम्प्रेषित ‘सहयोगको पर्खाइमा दलित विद्यालय’ शीर्षकको समाचार पढेर खड्गदलगण रोल्पाका गणपति अजय गुरुङले पूर्वी रोल्पाको एक विद्यालयलाई रु तीन लाखभन्दा बढीका शैक्षिक सामग्री प्रदान गरेका छन ।

उनले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा रहेको जनएकता आधारभूत विद्यालयलाई सो सहयोग प्रदान गर्नुभएको हो । गणपति गुरुङले उक्त विद्यालयलाई एक थान कम्प्युटर, प्रिन्टर, दराज, ¥याक, १० वटा लर्निड टेबलका साथै १०२ थान स्वीटर, १०२ थान स्कूल ब्याग, ४०८ कपी र सिसाकलम, दुई ह्वाइट बोर्ड, डस्टर, बोर्ड मार्कर उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

गरीबीका कारण विद्यार्थीको पठनपाठन प्रभावित हँुदै आएको भन्ने समाचार पढेर आफूले विद्यालयलाई सहयोग गर्ने इच्छा जागेको र सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।

एक सय दुई विद्यार्थी अध्ययन गर्ने सो विद्यालयका सबै विद्यार्थी दलित समुदायका छन् । एक जनाबाहेक सबै शिक्षक निजी स्रोतबाट समुदायले व्यवस्थापन गर्दै आएको छ । विभिन्न समस्या भोग्दै आएको विद्यालयलाई कम्प्युटरलगायतका सामग्री हस्तान्तरण गरिएपछि पठनपाठनमा सहजता हुने विद्यालयका प्रधानाध्यापक लुमप्रसाद शर्माले जानकारी दिए । अधिकांश बालबालिका सारङ्गी रेटेर खाने दलित समुदायका बालबालिका छन् । समाचारकै कारण आफ्नो विद्यालयले सहयोग पाएकामा प्रशन्न हुँदै प्रधानाध्यापक शर्माले समाचार सम्प्रेषण गरिएकामा धन्यावाद पनि दिए ।

न्यानो कपडा किन्न सक्ने हैसियत अभिभावकमा नहुँदा जाडो मौसममा उनीहरुको पठनपाठन प्रभवित हुँदै आएकाले सबैले सहयोग गरे विद्यालयको शैक्षिक सुधारमा सहज हुने स्थानीय समाजसेवी भरत नेपालीले बताए ।रासस

२०७५ मंसिर २८ गते ४:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर