नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २८ गते १३:४३

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अनुमानित ४० देखि ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको जनाइएको । उक्त दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाबारे बृस्तृत जानकारी भने आउन बाँकी छ

२०७५ मंसिर २८ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर