जब शाहिद कपूरकी श्रीमती मीरा र पूर्वप्रेमिका करीनाबीच जम्का भेट भए पछि

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २९ गते ७:१५

शाहिद कपूर र करीना कपूरबीच लामो प्रेम सम्बन्ध रहेको दुबैले स्वीकारेका थिए । तर, बिहे भने करीनाले सैफ अलि खानसँग गरिन् उता शाहिदले पनि मीरा राजपुतसँग बिहे गरे ।

अहिले पनि शाहिद र करीनाबीच हुने भेट समाचारका विषयहरु बन्ने गरेका छन् । यद्यपी दुबै जना बाबु आमा बनिसकेका छन् । यहीबीचमा मीरा र करीनाबीच जम्का भेट भएको छ । यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी इशा अम्बानी र आनन्द पीरामलको विहे समारोहमा मीरा र करीनाबीच भेट भएको हो । अम्बानी निवास एन्टीलियामा भएको विहेमा बलिउडका सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, प्रियंका चोपडा, ऐश्वर्या राय, दीपिका पादुकोण, सोनम कपूर, आलिया भट्टलगायतले उपस्थिति जनाएका थिए ।

यसैबीच अभिनेत्री करीना कपूर खान पति सैफ अली खान र दिदी करीश्मा कपूरका साथ उपस्थित भएकी थिइन् भने अभिनेता शाहिद कपूर पत्नी मीरा राजपुतका साथ सहभागी भएका थिए । शाहिद पत्नी मीरा राजपुत र करीना कपूर खानको ईशा अम्बानीको विवाहमा अचानक जम्काभेट भयो । अभिनेत्री करीना कपूरले ब्रेकअपपछि शाहिद कपूरका साथ फिल्म ‘उडता पञ्जाब’ मा काम गरेसकेकी छिन् । तर शाहिदकी पत्नी मीरा र करीनाको भने त्यो पहिलो भेट थियो ।

मीरा र करीनाको यसरी भएको जम्का भेटमा दुवैले एकअर्कालाई देखेर मुस्कुराउँदै अँगालो हालेर एकअर्काको हालखबर सोधे र बिदा भए । उता शाहिद कपूर र सैफ अली खानले पनि एकअर्काका साथ हात मिलाउँदै अभिवादन गरे । मिडिया तथा सामाजिक सञ्जालमा मीरा र करीनाका विषयमा अनेक खबरहरु आए पनि यी दुवैले निकै सकारात्मक ढंगले एक अर्काको सामना गरेका छन् । अभिनेता शाहिद कपूर र सैफ अली खानले फिल्म ‘रंगुन’ मा एक साथ काम गरिसकेका छन् । एजेन्सी

२०७५ मंसिर २९ गते ७:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर