मन्दिरै मन्दिरले सुशोभित सुदूरको ‘कान्छीगाउँ’ पिठातोला

आजको खबर   |    प्रकाशित : २०७५ पुष १ गते ५:५०

भूमिराज पिठातोली

मुलुककै अमूल्य सम्पदा बोकेको एउटा जिल्ला हो बझाङ्ग। बझाङ्गमा सयौं त्यस्ता तीर्थस्थल तथा पर्यटकीय ठाउँहरु छन् जहाँ माइलको अन्तरमै पनि दर्जनौं मठ मन्दिरहरु भेटिन्छन्। जहाँ सानो टोल छ, त्यो टोलमा पनि दुईरतीन वटा मठमन्दिर त सजिलै भेटाउन सकिन्छ। त्यति मात्र होइन त्यो ठाउँमा पाटी पौवाहरु पनि पर्याप्त भेटिन्छन्। जो ईश्वरको आस्था बोकेका छन्।

जिल्लाको खप्तड छान्ना गाउँपालिका ५ पर्ने (साविकको कालुखेती गाविस ८ पिठातोला) पनि त्यसै मध्येको एक हो। जहाँ टोलै पिच्छे मन लोभ्याउने दृश्यहरु छन्। जुन स्थानीय स्तरमा अदृश्य भएका छन्।

मन्दिरै मन्दिरले चिनिएका पुराना गाउँ तथा सहरहरु अन्र्तराष्ट्रिय स्तरमै काठमाडौंका विभिन्न स्थानहरु चिनिने गर्छन्। त्यस्तै सुदूरमा बझाङ्गको खप्तड छान्ना गाउँपालिकाको पिठातोला गाउँपनि ‘कान्छी गाउँ’को उपमाले चिनिने गर्छ। घरघर तथा टोलटोलमा रहेका यी मन्दिरहरुले पिठातोलालाई ‘कान्छी गाउँ’को उपमा दिने गर्छन्।

मष्टामाडौं

मष्टामाडौं पिठातोलाका बासिन्दाको कुल देउता हो। यो मन्दिरमा जुन बेला पनि पुजाआजा हुने गर्छ। परापूर्वकालदेखि पुजाआजा गरिदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ। वर्षको २ पटक मन्दिरमै पुजिन्छ– हिउँदे याम र वर्षायाममा । खासगरी नमाकी (नयाँ बालीको पुजाआजा) गरिने बेला यसको पुजा गरिन्छ। नयाँ बाली भित्र्याएपछि त्यसको पुजा गरेर मात्र खाने चलन छ। कुल देउता मष्टामाडौंमा गरिसकेपछि मात्र नयाँ बाली खान सुरु गरिन्छ।

वर्षको २ पटक मात्र खेती गरिने हुँदा हिउँदे खेती गहुँ बैशाखमा पाक्ने गर्छ। त्यो बाली भित्र्याएपछि जेठ, असार वा साउनमा पुजा गरिन्छ भने वर्षायामको बाली धानको असोजमा काटेर भित्र्याइन्छ। त्यसको नमाकी (नयाँ बालीको पुजाआजा) फागुन चैतमा पुजा आजा गरिन्छ र खान सुरु गरिन्छ।

मष्टामाडौंको चिनारी

पिठातोलाको कुल देउता ‘मष्टो’ सुरुमा साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पुजाआजा गरिन्थ्यो। एक पटक पिठातोलाका पूर्खा (बाजे) वर्षायाममा साउनको महिना पुजपोखल (पुजा सामाग्री) लिएर बान्नीगढी (मष्टामाडौं भएको ठाउँतिर) जाने क्रममा खोलामा बगे। त्यसै बेला बान्नीमा देउता आएर काम्दै गरेका धामी एक्कासी रोकिए। त्यसपछि त्यहाँका स्थानीयले धामीलाई के भयो परमेश्वर भनेर धामीलाई प्रश्न गर्दा काम्दै गरेको धामीले जवाफ दिए, ‘खुलीसाँङ्टो पारीको टँगालो आयो, त्यसैलाई तराउँन गयाँ’ (टाढाको पुजा गर्न आएको व्यक्ति) भनेर देउताले नदी तराएर देउता पुज्न गए।

उक्त मन्दिरमा नपुग्दै धामीको हातखुट्टाबाट एक्कासी पानी बग्यो। त्यहाँका स्थानीयलाई धामीले भने ‘अब एकछिनमा टंगालो पुग्छ।’ धामीले नभन्दै पिठातोलाका पूर्खा (बाजे) त्यहाँ पुगे। एकैछिनमा धामी र उनको वार्ता भयो। धामीले सोध्यो : ए टंगालो आइपुगिस्, उनले जबाफ दिए हजुर परमेश्वर आइपुगे। त्यसपछि धामीले भने आजदेखि उप्रान्त ‘तैंले उतै मष्टालाई पुजेर खानु’ भनेर सिला ‘ढुंगा’ दियो र फिर्ता पठायो। त्यसपछि पिठातोलामा पुज्ने गरेको पिठातोलाका ९१ वर्षीय बृद्ध स्थानीय जानकार लक्ष्मीकान्त जोशी बताउँछन्।

खापरमाडौं (मोटाकाट्ने)

यो मन्दिरमा परापूर्व कालदेखि पुजाआजा हुँदै आएको छ। स्थानीयहरुले आफ्नो सम्पतिमा बृद्धि हुने तथा सोचेका सबै कुराहरु पुराहुने विश्वासले यो मन्दिर पुजिदै आएको हो। जसमा पुजा गर्दा खापर देउतालाई खुशी पार्न बाख्राका पाठीहरुको बली चढाउने परम्परा रहेको छ।

भदौ–असोज र फागुन–चैत महिनामा पुजिने उक्त खापरमाडौंमा पिठातोलाका स्थानीय मात्र होइनन् नजिकैका छिमेकी गाउँहरुबाट पनि ती ४ महिनामा शनिबार, मंगलबारको साइत निकालेर पुजाआजा गर्ने गरेको स्थानीय लिलाराम जोशीले बताए। उनले भने, ‘यो मन्दिरमा सामूहिक रुपमा पुजा गर्ने गरिन्छ। गाउँघरमा सबैले पुजा सामाग्री जुटाएर खापरमाडौं पुज्दै आएको किम्बदन्ती छ।’

अनौठो कुरा त पानी नपरेर खडेरी परेको बेला ‘पानी परोस्’ भन्दै त्यो माडौंको आगनमा रातभर जागराम बस्ने गरिन्छ। ४÷५ दिन राती जाग्राम बसेपछि आकाशे पानी पर्ने गरेको स्थानीयहरुको बुझाई छ।

गाइभैंसी तथा अन्य सम्पति बढ्दै जाउन् भन्नको लागि धवन ढोल्ने ९गाई वा भैसीको दूध पिउन सुरु गर्नुभन्दा अगाडी देउतालाई चढाउनु० गर्छन्। जसले गर्दा पशुहरुलाई रोग नलागोस्, बढ्दै जाउन् भन्ने जनविश्वास रहँदै आएको छ।

लाङ्गोमाडौं

यो परापूर्व कालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोबरबाट ल्याइएको हो। वर्षको २ पटक पुजिने लाङ्गामाडौं वर्षाको समयमा भदौ महिना र हिउँदको बेला चैतको महिनामा शुक्लपक्षको बेलामा पुजिने गरिन्छ। प्राय मंगलबार र शनिबारको अवसर पारेर पुजिने मन्दिर करिब २र३ सय वर्ष पहिलेदेखि पुजिदै आएको छ।

लाङ्गामाडौंको चिनारी

१२ औं सताब्दीतिर पिठातोलाका जोशीहरु बझाङ्गकै भागेखोला हुँदै पिठातोलामा बसाइसरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताहरुको पुजाआजा गरिदै आएको पाइन्छ। करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको ढुङ्गा पिठातोलामा देउता भन्दै पुजाआजा गरिदै आएको भन्ने जानकारहरु बताउँछन्।

‘त्यो देउता ल्याएपछि दोश्रो पटक भोट ९ठाउँको नाम०मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसंग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्यो र त्यसै टोलीसंग हिड्न थाल्यो। त्यसपछि त्यो कुकूरलाई आफूबाट छुटाउनका लागि भोट जाने टोलीले धेरै प्रयास गर्दा पनि टोलीबाट छुटेन।

त्यसपछि भोट जाने टोलीले नौराका स्थानीयलाई ४ मोहरमा बेचेको र त्यसपछि त्यो देउताले बेच्नेहरुलाई सराप दिएको हुँदा लाङ्गोलाई खुशी पार्न सधै पुजिदै आएको छ। कुकुर जस्ता सुरक्षा दिने जनावरहरुको रक्षा गर्नुपर्ने सन्देश ‘लाङ्गो’ले दिएको स्थानीय लिलाराम जोशीले बताए।

दुदिरमाडौं

यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ। दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा यो मन्दिर परापूर्व कालदेखि चिनिएको हो। परापूर्वकालमा अन्यायमा परेकाले न्यायको लागि ९हालको अदालती पक्रिया० जसरी त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे। ‘दुदिर’ फैसला गर्ने गरेको स्थानीयहरु बताउँछन्। त्यो बेलामा जसले अन्याय गरेको छ त्यसले रातीको समयमा पुज्ने र जो निर्दोष छ उसले दिउँसो नै पुज्ने गरेको जानकारहरु बताउँछन्। यो मन्दिरमा पुजाआजा गर्नका लागि कुनै खास महिना बार हेरिदैन। जुन महिना, जतिपटक पनि पुजाआजा गर्ने गरिन्छ।

दुदिरमाडौंको चिनारी

यो मन्दिर (दुदिर) साविकको पाटादेवल गाविस ४ पुजारीगाउँ नजिकैको सिंडिगाडको दुदिरमाडौंबाट ल्याइएको हो। पिठातोलाका (बाजे) पूर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाता जस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको बस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फाले।

त्यसपछि त्यो जुको (दुदिरको रुप धारणगरी) आफैं पिठातोलाका पूर्खालाई तिमीले मप्रति कुव्यवहार देखायौं अब तिम्रै छिमेकी भएर बस्छु भनेर त्यो पिठातोलाका घरको उत्तरतर्फ बसेको र त्यो बेलादेखिकै पुजिने गरेको ९१ वर्षीय स्थानीय जानकार लक्ष्मीकान्त जोशी बताउँछन्।

लाटामाडौं

यो मन्दिर खास गरी विवाह गरेर पोइली घरमा गएकी महिलाले पुग्ने गर्छन्। ‘यहाँ लाटो देउताबाट छोरीहरु टाढा हुँदा रिसाउने गर्छ। त्यसलाई खूशी पार्नका लागि ठूलो खसीको बली चढाउनु पर्छ त्यसपछि मात्र लाटो देउता खुशी हुन्छ।’ स्थानीय सत्यराज जोशीले भने, ‘जबसम्म छोरी बहिनीहरुले लाटो देउतालाई खुशी पार्दैनन् तबसम्म ती छोरी बहिनीको घरमा खासै उन्नति हुँदैन भन्ने विश्वासका साथ पुजाआराधना गरिदै आएको छ।’

परापूर्वकालमा पिठातोलाबाट विवाह गरेर गएकी बहिनीको घरमा जति लगानी गरेपनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउतालाई नपुजेको कारण सो कुरा भएको धामीले बताएपछि छोरी बहिनीहरुले ‘लाटो देउता’ पुज्दै गरेको किम्बदन्ती छ। उक्त मन्दिर रातीको समयमा मात्र पुज्ने गरिन्छ। पुजाआजा गर्नेबेलाका सामग्रीहरु पनि फिर्ता घरमा ल्याउन नपाइने गरेको स्थानीयको बुझाइ छ।

पिठातोलामा यी मन्दिर मात्र होइन। यस्ता साना ठूला गरी दर्जनौं मन्दिरहरु छन्। धार्मिक संस्कार अनुसार आस्थाका केन्द्र साना ठूला मठ मन्दिर त टोलै पिच्छे भेटिन्छन्। धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा पुरै गाउँ गुञ्जयमान हुन्छ। बिहान ४ देखि ६ बजेसम्म त आरती, शंखधुनलगायत पुजा प्रत्येक घरमा हुने गर्छ। धार्मिक संस्कारले बाँधिएको उक्त गाउँ एक नमुना गाउँ जस्तै बनेको जो कोहीले पनि महसुस गर्छन्।

मन्दिरको नाममा ठूलो लगानी गरेर आकर्षक भने बनाइएका छैनन्, जहाँ आस्थै आस्थाको केन्द्रको रुपमा चिनिएको गाउँमा स–साना मन्दिरमा त ढुंगामा फुलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरहरुमा भने सानो लगानीमा आकर्षक मन्दिरहरु बनाएका छन्। मन्दिर मात्र होइनन्, पाटी पौवा, मठ मन्दिरले झनै शोभा बढाएको छ। डिसी नेपालबाट

२०७५ पुष १ गते ५:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर