प्रधानमन्त्री ओलीलाई प्रश्न : पुस १६ जान लागिसक्यो खोई त पानीजहाज ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १७:१५

काठमाडौं । गएको असार १४ गते प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा घोषणा आगामी पुस १६ गतेदेखि पानीजहाज चढेर कलकत्ता जान सकिन्छ । उनले त्यति बेला सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने तयारी सरकारले गरेकोसमेत भनेका थिए ।
समय वित्दै गयो पुसको चिसो सिरेटो आगमनमा मात्र होइन भान्सामै पुगिसेको छ । प्रधानमन्त्रीले मिति नै तोकेर घोषणा गरेको यो पानी जहाजको यात्राबारे ठोस प्रगति भएको विवरण हालसम्म सरकारले दिएको छैन ।

पुस लागेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सोध्न थालिएको छ, ‘खोइ पानीजहाज?’ तर, जवाफ आएको छैन । सामाजिक सञ्जाल ट्वीटरमा केदार शर्माले बाह्रखरी डटकममा असार १४ गते प्रधानमन्त्रीले पानीजहाजबारे गरेको घोषणाको समाचारको लिंक शेयर गर्दै हेलो सरकारलाई मेन्सन गर्दै लेखेका छन्, ‘१५ दिन बाँकी१ देशका प्रधानमन्त्रीले मिति तोकेर बोलेको कुरामा के प्रगति भएको छ सरकाररु के कति काम भएको छरु बाधा(व्यवधान के छन्रु सोध्न त पाइन्छ नि, हैबनरु’

यस्तै नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले प्रधानमन्त्रीको सो घोषणाको समाचार कटिंगसहित ट्वीटरमा लेखेका छन्, ‘पुस महिनाको पहिलो दिन ,पानी जहाजमा सररर चढेर कोलकाता जानू पर्यो। टिकट कहाँ पाइन्छ हो पानी जहाज को।।र?’ पत्रकार सुभाष घिमिरेले लेखेका छन्, ‘श्री १८ करोडको प्रहरी तालिम केन्द्र हटाउने अपार सफलता पछि १.५ अर्बको १४ सिटे हेलिकप्टर१ अब उनलाई एउटा पानी जहाज पनि चाहियो सरकार१ १० करोड जतिमा त र राम्रै पाईन्छ१’ उनले यो ट्वीटर हेलो सरकारलाई मेन्सन पनि गरेका छन् ।

अर्का ट्वटीटर प्रयोगकर्ता बिबश खत्रीले लेखेका छन्, ‘करिब् ८ महिना पहिला pm oli ले भनुभा थियो पुषमा टिकट काटेर रेडी हुनु पानी जहाज बाट कल्कता जानुपर्छ अनी म पनि रेडी भय तर हेर हामी नेपाली कती भाग्यमनी प्याट लायर ज्ञ।छ अर्बको हेलिकप्टरमा चड्न पाउने भैयो पानी जहाज थाहा भयन कहाँ आउँदैछ’

प्रतिक नामको ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘सरकार पौषसम्ममा पानिजहाज चलाउथ्यो भन्थ्यो१ यदि समयमै पानिजहाज चलेको भए हिजो बिवाह बन्धनमा बाधिएका जोडिहरू पानिजहाज चढेर हनिमुन मनाउन जान्थे होला है ?’

स्मरण रहोस असार १४ गते प्रधानमन्त्रीले पानीजहाजबारे घोषणा गर्दा आफ्नो घोषणा कार्यान्वयन र्ग कसैले रोक्न नसक्ने पनि बताएका थिए । तर पछिल्ला दिनहरुमा सरकार कहाँ छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट ‘ओठे उत्तर’ आउन थालेको छ ।

त्यसैले यसको जवाफ कस्तो आउला त्यो भने हेर्न बाँकी छ ।

अहिले समय परिवर्तन भएको छ । सरकारले घोषणा गर्ने विर्षने बानी भए पनि सामाजिक सञ्जालले भने सरकारमाथि यस्ता विषयमा प्रेसर दिन थालेको छ ।

यसरी जागरुक वर्ग सामाजिक सञ्जालमा सरकारलाई जवाफदेही बनाउने अभियानमा लाग्नु राम्रो संकेत भएको विश्लेषकहरु बताउँछन् ।

२०७५ पुष २ गते १७:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर