पिनास किन हुन्छ ? जान्नुहोस् रोकथामका उपाय ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १६:५७

चिसो मौसममा रुघाखोकीसँगै मानिसमा देखा पर्ने अर्को समस्या भनेको पिनास हो । वृद्धवृद्धा तथा बालबालिका यसको उच्च जोखिममा हुन्छन् । चिसो मौसममा हुने हुने रुघाखोकीलाई समयमै निदान गर्न नसक्दा पिनास हुन सक्छ :

पिनास हुने कारण -टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन् । उक्त हाडमा हावा भरिएको हुन्छ । चिसोको कारण नाकभित्रको पानी बाहिर निस्किन सक्दैन र त्यस्तो पानी खाली ठाउँमा गएर बस्ने गर्छ । जसले गर्दा मानिसमा पिनास हुन्छ ।

सुरुमा रुघा लाग्छ र बिस्तारै यसले पिनासको रूप लिन थाल्छ ।
-पिनास हुँदा नाकमा पानी भरिनुका साथै नाक सुन्निने समस्या हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरियाको संक्रमणसमेत हुन सक्छ ।

लक्षण -पिनास भएमा टाउको दुख्ने र नाकबाट पानी बग्ने हुन्छ । बिस्तारै नाक पनि बुझिँदै जान्छ ।
-पिनासले श्वासप्रश्वास प्रणालीमा पनि असर पु¥याउँछ । पिनासकै कारण मानिसलाई सास फेर्न समेत गाह्रो हुँदै जान्छ ।
-पिनासले नाकमा मात्र नभएर शरीरको अन्य भागमा पनि दुःख दिने गर्छ । पिनास भएमा टाउकोको अगाडिको भाग निकै भारी हुन्छ ।

बच्ने उपाय -धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।

-विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।
-चिसोको कारण पिनास हुने भएकाले चिसोबाट बच्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । चिसो खाद्यपदार्थको कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।
-पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा चिसो पानी पिउनुपर्छ । झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ

२०७५ पुष २ गते १६:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर