खुकुरी प्रहार गर्ने अपराधी पक्राउ नगरेको भन्दै पिडित आक्रोशित, प्रहरी भन्छ गाँउमै मिलाउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ३:२६

झापा। बिबाहमा आएका युवकलाई खुकुरी प्रहार गर्ने समूहको पक्राउ नगरेको भन्दै पिडितले प्रहरी प्रती आक्रोश ब्यक्त गरेका छन् । मोरङको सुन्दरहरैचा १० त्रिबेणीचौकमा आफन्तको बिवाहमा आएका धनकुटाको छथर जोरपाटी ५ का रेगिन्द्रबहादुर लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाउने स्थानीय आधादर्जन बढी युवाहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै पिडित र उनका आफन्तहरुले आक्रोश पोखेका हुन्।

मंसिर २६ गते स्थानीय सञ्जु लिम्बुको बिवाहमा सहभागी हुन आएका उनलाई साँझ खुकुरी र भाला प्रहार गरी गम्भिर घाईते बनाएका थिए । आक्रमणबाट उनको टाउको र हातमा गहिरो चोट समेत लागेको छ । घटनापछि प्रहरीलाइृ खबर गरेपनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ नगरेको र २७ गते ईलाका प्रहरी कार्यलय बेलबारीमा किटानी जाहेरी दिएपनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सोमबार ईलाका प्रहरी कार्यलय बेलबारीमा पिडित सहित उनका आफन्तहरुले कार्यलय प्रमुख रामकुमार राईलाई भेटी आक्रोश पोखेका छन ।

बिवाहमा सहभागी हुन आएका लिम्बु घरभित्र रहेको अबस्थामा बाहिर स्थानीय युवाहरुबिच बिवाद भएपछि उनीहरुलाई सम्झाउन बाहिर निस्किँदा हामीलाई सम्झाउने को हो भन्दै अन्धाधुन्द खुकुरी र भाटा प्रहार गरेका थिए । उनले आक्रमणमा संलग्नलाई आफुले नचिनेपनि घटनास्थलमा रहेका छिमेकी र आफन्तहरुले दिएको किटानी जाहेरीलाई समेत प्रहरीले वास्ता नगरेको र यतिका दिन हुँदा समेत अपराधी पक्राउ नपरेको भन्दै गुनासो गरेका छन । सो घटनामा केही जनप्रतिनिधिहरुका आफन्त समेत संलग्न रहेका कारण जनप्रतिनिधिहरु नै घटनालाई गाँउमै मिलाउन र अपराधीहरुको संरक्षण गर्न लागिपरेको पिडितका आफन्तको गुनासो रहेको छ ।

घटनाका बिषयमा ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईले जाहेरु िदर्ता भएको र घटनामा संलग्नहरुको पहिचान समेत भईसकेको बताएका छन । उनीहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी समेत तयार भईसकेको तर उनीहरु फरार रहेका कारण तिब्र रुपमा खोजी कार्य जारी रहेको बताएका छन । घटनाका सम्बन्धमा आफुले उजुरी आउनासाथ घटनामा संलग्नहरुको खोजी कार्य जारी राखेको बताएका छन ।

२०७५ पुष ३ गते ३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर