बिनाधितो १५ लाखसम्म ऋण उपलब्ध गराउँदै एनएमबी बैंक

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ३:५२

काठमाडौं। एनएमबी बैंकले १५ लाखसम्म बिनाधितो ऋण उपलब्ध गराउने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताइएको हो। ८ वटा व्यवसायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।

बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ। कार्यकारी अधिकृत केसीले भने, ‘बैंकले दिगो आर्थिक बृद्धि तथा मुल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोले हरेक सेवा सुविधा उद्देश्य लक्षित हुने प्रयास गरिरहेका छौं।’

‘१५ सय अर्ब रुपैयाँको आयात हुँदा १ सय अर्ब रुपैयाँ पनि निर्यात नहुँदा देशमा व्यापार घाटा चुलिएको छ।’ उनले भने, ‘अब कृषि क्षेत्रमा लगानी बिस्तार गरेपछि बैंकको लक्ष्य पुरा हुने विश्वास लिएका छौं।’

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान नहुने उनको टिप्पणी छ। ‘देशको आन्तरिक उत्पादन बढाउन बैंकले ८ वटा व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने योजना बनाएका छौं।’ उनले भने, ‘बैंकबाट व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था मिलाएका छौं।’

दलित समुदायको व्यवसाय विकासका लागि १० लाख, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ।

२०७५ पुष ३ गते ३:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर