राष्ट्रसङ्घद्वारा युक्रेन प्रस्ताव पारित

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ६:१२

वासिङ्टन,। संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ ।

युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित थिए । राष्ट्रसङ्घका एक अधिकारीका अनुसार युक्रेनले राष्ट्रसङ्घमा प्रस्तुत गरेको “क्राइमिया स्वायत्त गणतन्त्र र सेभास्टोपोल नगरका साथै कृष्ण सागर र अजोभ सागरमा सैनिकीकरण” दस्तावेजमा मतदान भएको थियो ।

उक्त प्रस्ताव कर्च स्ट्रेट घटना पश्चात युक्रेनले राष्ट्रसङ्घमा दर्ता गरेको हो । कर्च स्ट्रेटमा प्रवेश गरेका युक्रेनी पानीजहाजको रुसले खानतलासी गर्नुका साथै जहाजमा रहेका युक्रेनी सैनिकहरुलाई जबर्जस्ती नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब उत्पन्न भएको थियो ।

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले उक्त घटनाका सम्बन्धमा युक्रेनको पक्ष लिएका थिए । साथै उनीहरुले युक्रेनी सैनिकको तत्काल रिहाई र कर्च स्ट्रेटमा निर्वाध आवागमनको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

२०७५ पुष ३ गते ६:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर